बाजुराको बुढीगंगामा एमालेको अग्रता कायमै
धनगढी: बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ १७३२ मतका साथ अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खाती १०३० मत ल्याउँदै बानियाँलाई पछ्याइरहेका छन्।
त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँर १६८७ मत ल्याउँदै अगाडि छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १०६७ मत ल्याएकी छिन्। नगरपालिकाको मतगणना जारी नै छ। अहिलेसम्म २ हजार ९ सय ३७ मत गणना भएको बताइएको छ।
नगरपालिकाको वडा नम्बर १ र १० को मत गणना सम्पन्न भइसकेको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने १० मा पनि एमालेकै दलबहादुर साउद विजयी भएका छन्।