बाजुराको बुढीगंगामा ४ सय मत गन्दा एमालेको प्रारम्भिक अग्रता
धनगढीः बाजुराको बुढीगंगा नगरपालिकको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ। प्रारम्भिक परिणाम अनुसार एमालेले अग्रता लिएको छ। यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको हो।
हालसम्म वडा नं. १ र १० को कुल ४०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १८८ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस १८५ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले १८७ मत ल्याएको छ भने कांग्रेसले १८५ मत पाएको छ।
यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।
बुढीगंगामा ३० वैशाखमा भएको मतदानमा धाँधली भएको भन्दै चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको थियो।

