सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

२०७९ असार २३, १०:४० खबर संवाददाता

काठमाडौंः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन्। तर पार्टीले नयाँ नेता चयन नगर्दासम्म उनी नै प्रधानमन्त्री रहनेछन्। यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई नियुक्ति दिएको भन्दै जोनसनको कार्यक्षमतामाथि प्रश्न उठाएउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए । एकपछि अर्को मन्त्रीले संकटमा परेका जोनसनले दलको नेताबाट राजीनामा दिएका हुन्।

बिहीबार देशबासीलाई सम्बोधन गरेका प्रधानमन्त्री जनसनले दलको नयाँ नेता चयन प्रकिया अब सुरू हुने र त्यसको समय तालिका आगामी साता सार्वजनिक हुने जानकारी दिएका छन्। नयाँ नेतालाई समर्थन गर्ने बताएका उनले सम्बोधनको अन्त्यमा भने, ‘जबसम्म नयाँ नेता चुनिने छैन, तबसम्म पदमा रहने छु र जनताको सेवा गर्नेछु।’

बीबीसीका अनुसार अबका दिनमा कन्जरभेटिभ पार्टीको नेताका लागि प्रतिस्पर्धा हुनेछ र अक्टोबरमा हुने पार्टी सम्मेलले नयाँ प्रधानमन्त्री घोषणा गर्नेछ।

कमेन्ट लोड गर्नुस