सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

२०७९ असार २१, ०८:५७ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्। उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट टिममा समावेश गरेका छन्।

दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ।

कमेन्ट लोड गर्नुस