सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लडेर घाइते भएका २ जनाको हेलिकोप्टर मार्फत उद्दार

फाइल फोटो
फाइल फोटो
२०७९ असार २०, ०७:४३ खबर संवाददाता

बझाङ: बझाङमा लडेर घाइते भएका २ जनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ। यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भीरबाट लडेर घाइते भएका साइपाल गाउँपालिका ४ धुलीका ३६ वर्षीय शिबु रोकायाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार उनको अवस्था गम्भीर रहेकाले आधारभुत स्वास्थ्य चौकिमा सामान्य उपरपार पछि  हेलिकोप्टर मार्फत उदर गरी नेपालगञ्ज पठाएइएको छ। यस्तै सोही गाउँपालिका ३ काँडाका ३३ वर्षीय पुर्णबहादुर बोहरालाई पनि उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगन्ज पठाइएको छ। उनी ढोगदिना भन्ने जंङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस