सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा एम्बुलेन्स पठाउने तयारी
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सात पहाडी जिल्लाका १६ ओटा निर्वाचन क्षेत्रमा एम्बुलेन्स पठाउने तयारी गरेको छ। सबै क्षेत्र वर्गका नागरिकको पहुँच सहज स्वास्थ्य क्षेत्रमा पु¥याउने उद्देश्यका साथ मन्त्रालयले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा एम्बुलेन्स पठाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महासाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। तर सबै पहाडी जिल्ला धेरै विकट भएकाले सबै ठाउँमा एम्बुलेन्स पुग्ने अवस्था छैन भने कतिपय स्थानमा सामान्य स्वास्थ्य चौकी समेत स्थापना भएका छैनन्। सामान्य स्थास्थ्य चौकीले दिने सेवाबाट पनि वन्चित प्रदेशवासी एम्बुलेन्सको सेवा प्रभावकारी हुदैन की भन्ने चिन्तामा छन्।
एम्बुलेन्स पठाउनको लागि सामाजिक मन्त्रालयको तयारी समेत अन्तिम चरणमा पुगेको छ। अधिकास पहाडी जिल्लाका सबै क्षेत्रमा सडक सञ्जाल पुग्न सकेको छैन भने कतिपय स्थानमा सामान्य स्थास्थ्य केन्द्र समेत स्थापना हुन सकेका छैनन्। सामान्य उपचार नपाएर पनि कतिपय सुदूरपश्चिमवासीले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। त्यसैले प्रदेश सरकारले ल्याएको एम्बुलेन्स दिने कार्यक्रम उपयुक्त त छ तर सडक सन्जला नभएरै एम्वुलेन्स सेवा प्रभावकारी हुनेमा शंका उब्जिन थालेको छ। १६ वटा प्रदेश सभाका निर्वाचन क्षेत्रमा अधिकास स्थानमा सडक सञ्जाल पुगेको छैन भने कतिपय स्थानमा सामान्य स्वास्थ्य चौकीको समेत स्थापना भएको छैन्। प्रदेश सरकारको स्वास्थ्य कार्यक्रमभित्र एम्बुलेन्स वितरण गर्ने भएपनि एम्बुलेन्सको सेवा भने सबै नागरिकले पाउन सक्ने सम्भावना पनि निकै कम छ। सडक सञ्जाल पुगेका स्थानमा मात्र एम्बुलेन्सले सेवा दिने भएपनि ग्रामीण क्षेत्रका वासिन्दालाई भने फाईदा नहुने देखिएको हो। एम्बुलेन्ससंगै सडक सञ्जालको पनि उत्तिकै आवश्यकता रहेको छ। एम्बुलेन्सको आवश्यकता उत्तिकै रहेको भएपनि ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न पनि उतिकै आवश्यक रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
सामाजिक विकास मन्त्रालयले १६ ओटा निर्वाचन क्षेत्रकालागि एम्बुलेन्स खरिद गर्ने भन्दै ६ करोड ४० लाख रकम विनियोजन गरेर प्रक्रिया अगाडी बढाई सकेको छ। एम्बुलेन्स खरिदको लागि पुरा गर्नु पर्ने पक्रिया पुरा भएर अन्तिम चरणमा पुगेको छ भने खरिदको लागि टेण्डर आह्वान गरि खरिद सम्झौता गर्न पनि पत्र काटिसकेको छ। सम्झौता गर्नु पर्ने मिती पनि यही महिनाको १८ गते सम्म रहेको सुदूरपश्चिम प्रदेशसको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महासाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। पहिलो आवश्यकता पहिचान नगरेर नै एम्बुलेन्स वितरण गरिन लागेपछि प्रभावकारी हुदैन की भन्ने आशंका पनि प्रदेशवासीको मनमा उब्जिन थालेको छ। स्वास्थ्यको क्षेत्रमा पहिलो आवश्यकता भनेको सबै वडाहरुका सुविधा सम्पन्न स्वास्थ्य चौकी रहेको छ भने एम्बुलेन्स संञ्चालन गर्नको लागि सडक सञ्जाल अनिवार्य भएको हुनुपर्छ।