सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते 

२०७९ असार १७, ०६:१६ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको अर्जुनी ब्यारेक नजिक दुर्घटना हुँदा २ जना घाइते भएका हुन्। 

पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ९ च ७०३८ नम्बरको कार र विपरित दिशाबाट आइरहेको सुपप्र ०२००३ प ३४८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल बेल्डाँडी गाउँपालिका २ बस्ने ३६ वर्षीय मदन बडुवाल र कारमा सवार नेपालगञ्ज नगरपालिका १९ बस्ने स्यास्ने क्षेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। कार र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। 

कमेन्ट लोड गर्नुस