बझाङमा करेन्ट लागेर युवक घाइते, हेलिकप्टरमार्फत उद्धार
२०७९ असार १७, ०२:१४
धनगढीः बझाङमा एनटी फाईबरको तार तान्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका छन्। काठमाण्डौ घर भएका ४० वर्षीय सुमनबिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा लाईन तान्ने क्रममा करेन्ट लागेर घाईते भएका हुन्।
घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरेर उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। उनलाई खोड्पेबाट हेलिकप्टरमा नेपालगञ्ज लएिको खोडपे प्रहरी चौकीले जनाएको छ।
कमेन्ट लोड गर्नुस