कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु
२०७९ असार १४, ०४:३१
कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ का २७ वर्षीय श्यामदत्त भट्टको सोमबार साँझ मृत्यु भएको हो।
आफ्नो घरको धारामा जडान भएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भट्टको इसान अस्पताल बेलौरीमा उपचारका क्रममा सोमबार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस