बैतडीमा करेन्ट लागेर विद्युतकै कर्मचारीको मृत्यु
बैतडीमा करेन्ट लागेर विद्युत कार्यालयमा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । स्थानीय सुर्नया जलविद्युत केन्द्रको पावर हाउसमा कार्यरत ५७ वर्षीय भानसिंह केसीको करेन्ट लागेर मृत्यु भएको हो । पावर हाउस नजिकैको ट्रास्फर्मरमा फ्युज उडेपछि फ्यूज हाल्न खोज्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन नगरपालिका–६ बेतौडी निवासी केसीको विहान ८ बजे करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान करिव ८ बजेतिर उक्त घट्ना भएको र शव पोष्टमाटम पछि आफन्तले बुझेर लगेका छन् ।