बझाङ साक्षर जिल्ला घोषणा
बझाङ: बझाङलाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको छ। बझाङ जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको हो। बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पूरा गरे अनुसार स्थानीयतहहरु यसअघि नै साक्षर घोषणा भइसकेका थिए।
साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मंगलबार औपचारिक रुपमा जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र बहादुर कडायतले बताए।