सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा तनाव, आवतजावत गर्न नेपाली परिचयपत्र मागिदै

२०७५ फाल्गुन ६, ०६:२६ खबर संवाददाता

नेपाल–भारत गौरीफन्टा नाकामा भारतीय पक्षले आवतजावतमा रोक लगाएको छ। आईतवार सिमामा तनाव भएपछि आज आवतजावतमा रोक लगाईएको हो। नाका भएर आवतजावत गर्दा भारतको एसएसवीले परिचयपत्र माग्न थालेको छ। नेपाली भएको खुल्ने परिचयपत्र दिएपनि आवतजावत गर्न नदिएका नेपालीहरुले बताएका छन्। भारतले आवतजावत गर्दा एक्कासी नेपाली भएको परिचय पत्र माग्न थालेपछि सिमा क्षेत्रमा धेरै नेपालीहरु अलपत्र परेका छन्।

आईतवार एक नेपालीले गौरीफन्टा नाका भएर भारत जाँदा मोटरसाईकलको कागजपत्र नभएको भन्दै फिर्ता पठाईएको थियो। तर ती नेपाली चोरी नाका भएर बनगाउँ बजारबाट सामान ल्याएर गौरीफन्टा नाका भएर फर्किएपछि एसएसवीले पक्राउ गरेको थियो।

ती नेपालीमाथि कुटपिट पनि गरिएपछि सिमामा विवाद बढेको थियो। सोही विषयलाई लिएर आज आवतजावतमा रोक लगाईएको बताईएको छ। गौरीफन्टाको एसएसवीमा नयाँ नेतृत्व आएकाले जाँचमा पनि कडाई गरिएको थियो। अहिले सोही विषयमा छलफल गर्न सशस्त्र प्रहरीको टोली गौरीफन्टा नाका तर्फ गएको छ। 

 

कमेन्ट लोड गर्नुस