मंकिपक्सको आशंका गरिएका पुरुषमा कुष्ठरोग देखियो
२०७९ असार ५, ०२:५५
काठमाडौं : नेपालमा मंकिपक्सका शंकास्पद भनिएका एक पुरुषमा कुष्ठरोग देखिएको छ।
दुबईहुँदै नेपाल आएका ती २६ वर्षीय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।
ती पुरुषको रिपोर्टमा कुष्ठरोग पोजिटिभ देखिएको टेकु अस्पतालमा कार्यरत एक चिकित्सकले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा ती पुरुषमा ‘मंकिक्स’भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो।
कमेन्ट लोड गर्नुस