सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ 

२०७९ असार ५, ०२:३६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। शनिबार साँझ बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइसहित उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन्।  उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस