सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख बढी मूल्यका अवैध सामान बरामद 

२०७९ असार २, ०३:३२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले विभिन्न स्थानबाट १ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

शुक्लाफाँटा नगरपालिका–१ बन्शाहस्थित बेलौरी कलुवापुर सडकखण्डबाट, बेलौरी नगरपालिका–१० भुडा गौडी नहरबाट र भीमदत्त नगरपालिका–१० जिमुवा तिलकेनीबाट सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रहरीका अनुसार तिनै स्थानबाट १ लाख १३ हजार ५ सय बराबरको मदखाद, मोबिल तथा किरानका सामान बरामद भएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस