सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा चितुवा आतङ्क कायमै

फाइल फोटो
फाइल फोटो
२०७९ असार १, ०९:२९ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिका-८ मा चितुवाले आतङ्क मच्चाएको छ। गएको १५ दिनयता मात्रै २५ जति बाख्रा चितुवाले खाईसकेको सुर्नयाको ढोलेका स्थानीय तेजन बोहराले बताए।

चितुवाले रातिको समयमा गोठबाटै बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेको हो। नजिकैको ढोले जंगलबाट चार/पाँच ओटा चितुवा बथानसहित आउने गरेको स्थानीय विक्रम लुहारले बताए। सुर्नया-४ मा पनि चितुवाले घरपालुवा जनावर खान थालेको स्थानीय गणेश भाटले बताए। लगातारजसो चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीयमा त्रास फैलिएको छ।

कमेन्ट लोड गर्नुस