सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जीप दुर्घटनामा २ को मुत्यु, १६ घाईते

२०७५ फाल्गुन ५, १०:१४

बझाङमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ। बझाङको तामाखोला भन्ने ठाँउमा से.१ ज ८९० नम्बरको जीप दुर्घटना हुदा जयपृथ्वी नगरपालिकामा ११ का २२ बर्षिया समु जोशी र ४८ बर्षिय धौले जोशीको मुत्यु भएको हो। अन्य १६ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। उनीहरु मध्य ५ जनालाई धनगढी ल्याइएको छ। बझाङ सदरमुकामबाट धामीलेख जादै गरेको जीप आज साझ दुर्घटनामा परेको हो।

कमेन्ट लोड गर्नुस