देशरभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ जेठ ३१, ०९:०९
काठमाडौं: देशरभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन्।
कमेन्ट लोड गर्नुस