सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ सयले घट्यो सुनको मूल्य

२०७९ जेठ ३१, ०३:०७ खबर संवाददाता

काठमाडौं:  नेपाली बजारमा आज सुनको भाउ तोलामा १८ सयले घटेको छ।  सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस