सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ जेठ ३०, ०६:३८ खबर संवाददाता

धनगढी: देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ८६ पीसीआर परीक्षणबाट ९ जना र १ हजार १ सय २५ एन्टीजेन परीक्षणबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै, थप १३ संक्रमित डिस्चार्ज भएका छन्। यो सहित  निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय १७ पुगेको छ।  हाल नेपालमा १ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस