सिरियाको दमस्कस्थित अन्तर्राष्ट्रिय विमानस्थल ध्वस्त
इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि हवाइ सेवा अवरुद्ध बनेको छ।
सिरियाली यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गरी दमस्कसको विमानस्थल पुर्ण रुपमा ध्वस्त भएकाले अर्को सूचना जारी नभएसम्म हवाइ उडान नहुने जनाएको हो।
जसका कारण सयौं यात्रु अलपत्र परेका छन्। सिरियामा सन् २०११ बाट शुरु भएको युद्धकाबीच इजरायलले सिरियाली सेनामाथिको हवाई आक्रमण जारी राखेको छ। सिरियामा जारी संघर्षका बीच हजारौंको मृत्यु हुँदा लाखौं मानिस विस्थापित भइसकेका छन्।