अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल
२०७९ जेठ २८, ०९:०३
काठमाडौंः आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ। त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ। नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।
नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनमा छ।
कमेन्ट लोड गर्नुस