सुदूर नेपाललाई विश्वसँग जोड्दै

विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी

२०७९ जेठ २७, ०७:२८ खबर संवाददाता

काठमाडौंः सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो। यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ।


 

कमेन्ट लोड गर्नुस