सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियाको डेगुमा आगलागी, ७ जनाको मृत्यु

२०७९ जेठ २७, ०५:५३

एजेन्सी: दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ। साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ।

राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय आगलागी भएको जनाइएको छ। हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनजुको साथै ४६ जना घाइते भएका छन् भने दर्जनौं भवनबाट भागेका छन्।

घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो। घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस