डोटीमा रोपाइँ सुरु
२०७९ जेठ २५, ०५:११
डोटीः डोटीमा रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुको तुलनामा चाडो गरि रोपाइँ सुरु भएको हो।
डोटीको बडिकेदार गाउँपालिका, जोरायल, बोगटान, केआइसिंह गाउँपालिका लगायतका क्षेत्रहरुमा रोपाइँ सुरु भएको त्यहाँका स्थानीयले बताएका छन्।
अहिले त्यस क्षेत्रका किसानहरु रोपाइँमा व्यस्त छन्। डोटीमा ६ हजार २२६ हेक्टर जग्गामा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस