सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला, २ जना नियन्त्रणमा

२०७९ जेठ २५, ११:१८ खबर संवाददाता

दार्चुला: दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

घर नजिकैको खरको लुटो (कुन्यू) ा जलेको अवस्थामा ती महिलाको शव भेटिएको  बताइएको छ। घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ। दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए। घटनाको अनुसन्धानका लागि दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ। 

ती एकल महिलाका श्रीमानको ७ वर्ष पहिले मृत्यु भएको शैल्यशिखरको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताए। 
 

कमेन्ट लोड गर्नुस