सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोकेबजारमा बेहोस भेटिएका युवकको मृत्यु

२०७९ जेठ २४, ०५:५४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका युवकको मृत्यु भएको छ। परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो।

नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले बेहोस अवस्थामा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो। त्यसपछि प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो।

युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ। मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस