सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन जेठ २२ गते

२०७९ जेठ १८, ०४:२४ खबर संवाददाता

डडेल्धुराः जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन यहीँ जेठ २२ गते हुने भएको छ। जिसस निर्वाचन प्रक्रियाअनुसार डडेल्धुरामा बुधबार मतदाता नामावली प्रकाशन गरिएको छ।

बिहीबार अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यले जानकारी दिए। २२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेका छन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ। डडेल्धुरामा १४ मतभार रहेको छ। नेपाली कांग्रेससँग एक्लै १० मतभार मतभार रहेको छ। 

यस्तै नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको छ। यसअघि दुई पालिका जितेको एमालेले यसपटक कुनै स्थानीय तहमा जित हासिल गर्न सकेन।
 

कमेन्ट लोड गर्नुस