सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ सय रुपैयाँले घट्यो सुनको भाउ

२०७९ जेठ १८, ११:२८ खबर संवाददाता

काठमाडौँ: बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसैगरी बुधबार चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस