बैतडीमा स्थानीय निर्वाचनमा भाग लिएका उम्मेदवारलाई खर्च विवरण पठाउन आग्रह
बैतडी: स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका प्रतिनिधिहरुलाई खर्च विवरण पठाउन आग्रह गरिएको छ। निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहको पालिका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण पठाउन आग्रह गरेको हो।
जिल्लामा १ हजार ४ सय ८ जना जनाले उम्मेदवार दिएका थिए। हालसम्म कसैले पनि खर्च विवरण नपठाएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिएका छन्। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण पठाउनु पर्नेहुन्छ। यदि खर्च विवरण नपाठाएको अवस्थानमा काननु बमोजिम कार्वाही हुने निर्वाचन कार्यालयले जनाएको छ।