नहरमा डुबेर बझाङमा एक बालकको मृत्यु
२०७५ फाल्गुन ३, ०४:०३
बझाङमा नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ।
शुक्रबार बिहान छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षिय छोरा सक्षम मण्डेलको नहरमा डुबेर मृत्यु भएको हो। सदरमुकाम चैनपुरमा बस्दै आएका मण्डेलका छोराको सिमखेत नजिकै रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
कमेन्ट लोड गर्नुस