सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जेठ २४ गते जिल्ला समन्वय समितिको चुनाव

२०७९ जेठ १५, ०७:३८ खबर संवाददाता

धनगढी: बैतडी बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ। बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार जेठ २४ गतेका लागि चुनावको मिति तोकिएको हो।

कार्यपालिकाको चुनाव सम्पन्न भएको १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार चुनावका लागि उक्त मिति तोकिएको बताइएको छ। चुनावबाट ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुनेछ। एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ।

समन्वय समितिको चुनावमा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले मात्रै उम्मेदवार हुन पाउने प्रावधान छ भने पालिका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष मतदाता हुने प्रावधान छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ। जेठ १९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। 

DCC1653739398.jpg

कमेन्ट लोड गर्नुस