बैतडीमा ढुङ्गा लागेर युवतीको मृत्यु
२०७९ जेठ १४, ०४:३५
धनगढीः बैतडीमा ढुंगा लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-१ मा २८ वर्षीया मैना धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
शुक्रबार सिगास गाउँपालिका वडा नं ३ मा रहेको घरतर्फ धान ल्याउँन जाने बेला बाटो माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै उनको मृत्यु भएको थियो। मृतक धामीको शव पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याइएको छ।
कमेन्ट लोड गर्नुस