सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

२०७९ जेठ ११, ०५:४० रासस

अंकारा : टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ। टर्कीका राष्ट्रपति रेसेप तायिप टर्कीले यस विषयमा तयारी गरिरहेको बताएका हुन्। उनले भनेअनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ। 

सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दोगानले भनेका छन्– हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ।

टर्कीको उत्तरी क्षेत्रमा जहाँ टर्कीको सेनाको नियन्त्रण रहेको छैन सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उहाँले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएको हो– राष्ट्रपति एर्दोगानले भने।

सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोही जारी रहेको छ। सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस