सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा मरासिनी

२०७९ जेठ ९, ०८:०३ रासस

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ ९क्यान०ले उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ। क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो। मलेसियामा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकप छनोटका लागि क्यानले उनलाई कप्तानमा चयन गरेको हो। यही जेठ २१ गतेदेखि सुरु हुने उक्त छनोटमा नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, चीन, भुटान, म्यानमा र कतार सहभागी हुने छन्। 

नेपालले उक्त छनोट प्रतियोगिताका लागि यसअघि मरासिनीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टोलीका अन्य खेलाडीमा एलिसा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मनिषा उपाध्याय, स्नेहा महरा, किरण कुँवर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, साविधी धामी, निसा साह, मनिषा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी छन्। 
 

कमेन्ट लोड गर्नुस