बैतडीमा छोरी जन्माउने आमालाई भत्ता दिने निर्णय
बैतडीः बैतडीको पाटन नगरपालिका वडा नम्बर १० का नवनिर्वाचित जनप्रतिनिधीहरुले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई भत्ता उपलब्ध गराउने निर्णय गरेका छन्।
नवनिर्वाचित वडाध्यक्ष धनबहादुर कुवँरसहित वडा सदस्यहरुले पदभार ग्रहण गर्दे वडाभित्र पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन स्वरुप एकहजार रुपैया प्रदान गर्ने निर्णय गरेका हुन्। आज वडा सदस्य तथा अध्यक्षहरुले पदभार ग्रहण गरेका छन्।