सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयाका जनप्रतिनिधिले गरे शपथ ग्रहण

२०७९ जेठ ९, ०५:३५ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार नवनिर्वाचित गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ गैहण गरेका हुन्।

पालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुपर्ने कानुनी व्यवस्था अनुसार सो गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले उनीहरुलाई शपथ ग्रहण गराएका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट सुर्नयामा अध्यक्ष, उपाध्यक्ष सहित ४२ जना जनप्रतिनिधि चयन भएका छन् । 
 

कमेन्ट लोड गर्नुस