बैतडीको सिगासका जनप्रतिनिधिहरुले लिए शपथ
बैतडीः बैतडीको सिगास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन्।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले नवनिर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन्। सिगास गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन्।