बैतडीको दोगडाकेदारका अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण
धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष पार्वती कार्कीले पदभार ग्रहण गरेका छन्। उपाध्यक्ष कार्कीका अनुसार उनीहरुले एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले पहिलो कार्यकालमा अधुरा रहेका कामहरुलाई पूर्णता दिने कुरा प्राथमिकतामा राखिने बताए भने गएको ५ वर्षमा आफूहरुले दोगडाकेदारमा राम्रो काम गरेकै कारण नागरिकहरुले दोश्रो पटक पनि चुनेकाले आम नागरिककै बिचमा रहेर काम गर्ने उपाध्यक्ष कार्कीले बताइन्।