सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बस दुर्घटनाः ५ जनाको अवस्था गम्भीर, एक बालक बेपत्ता 

२०७९ जेठ ७, १०:२८ खबर संवाददाता

डोटी: डोटीमा शनिवार बिहान भएको बस दुर्घटनाका ५ जना घाइतेको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताएका छन्। यस्तै दुर्घटनमा परी एक बालक बेपत्ता भएको प्रहरीले जनाएको छ। अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिना छोरा बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ। ती बालकको खोजी कार्य भइरहेको डोटी प्रहरीले जनाएको छ। 

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको रात्री बस शनिबार बिहान ५ बजे शिखर नगरपालिका– १ गेरुपानी सडक खण्डमा दुर्घटनामा परेको थियो।  दुर्घटनामा १२ जना घाइते भएका थिए। उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। 

तीव्र गतिमा रहेको बस चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट २० मिटर सेती तल नदीको किनारमा खसेको थियो। बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस