सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका दशओटै पालिका प्रमुखले लिए शपथ

२०७९ जेठ ७, ०८:५२ खबर संवाददाता

धनगढी: बैतडीका दशओटै पालिका प्रमुखले शपथ ग्रहण गरेका छन्। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले दशओटै पालिकाका नवनिर्वाचित प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ। पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था छ।

पालिका प्रमुखहरुले शपथ लिएकाले अब अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन्। वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट जिल्लाका १० ओटै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस