बाजुराको बुढीनन्दा–९ को अध्यक्षमा काँग्रेसका रावत विजयी
धनगढी: बाजुराको बुढीनन्दा नगरपालिका–९ मा नेपाली काँग्रेसका मानबहादुर रावत विजयी भएका छन्। उनी ३३६ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका खडकबहादुर बोहरा पराजित भएका छन् । १० ओटा वडा रहेको नगरपालिकाका ८ वडाको मत गणना सकिएको छ। जसमध्ये ५ ओटा वडा नेकपा एमाले र ३ वडा नेपाली काँग्रेसले जितेको छ। वडा नम्बर १ मा एमालेका मानबहादुर कार्की, २ मा नन्दराज गिरी, ३ मा जंगवीर रोकाया, ४ मा जुल्फे रोकाया र ८ मा केशबबहादुर शाहीले जितेका छन्।
त्यस्तै वडा नम्बर ५ काँग्रेसका छत्रबहादुर मल्ल, ७ मा अशोकबहादुर दानी र ९ मानबहादुर रावत सहितकोे प्यानल विजयी भएको बुढीनन्दा नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार वडा नम्बर ६ को मत गण्ना भइरहेको छ भने वडा नम्बर १० मा मतगणना हुन बाँकीे छ ।