सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा कांग्रेसको विजयी भोजमा झडप

फाइल फोटो
फाइल फोटो
२०७९ जेठ ५, ०६:३३ खबर संवाददाता

धनगढीः बैतडीको सिगासमा वडाध्यक्षको विजयी भोजमा लफडा भएको छ। सिगास गाउँपालिकाको वडानम्बर-९ स्थित गन्सुरमा लफडा भएको हो। 

एक प्रत्यक्षदर्शीका अनुसार हालै निर्वाचित वडाध्यक्ष कृष्णसिंह धामीसहित सदस्यहरुको विजयी भोजमा दुई समूहबीच झडप भएको हो। मदिरा सेवन गरेका नेता, कार्यर्ता र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था पैदा भएको थियो। 

विवाद भएपछि पूर्व वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता टेक विश्वकर्मा र उनका भाइहरुले चन्द्र बिक लगायतका स्थानीयमाथि कुटपिट गरेको उनका आफन्तले बताएका छन्। 

कमेन्ट लोड गर्नुस