सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढिनन्दा-२ को अध्यक्षमा एमालेका गिरी निर्वाचित

२०७९ जेठ ५, ०७:५७ खबर संवाददाता

धनगढी: बाजुराको बुढिनन्दा नगरपालिका-२ को वडा अध्यक्षमा नेकपा एमालेका नन्दराज गिरी निर्वाचित भएका छन्। उनी ३०८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अगंराज जोशीले २४१ र राप्रपाका पदम बहादुर कार्कीले ३७ मत ल्याए। मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना जारी रहेको छ। हालसम्म १० ओटा वडाहरुमध्ये ३ वडाको मत गणना सकिएको छ। 
 

कमेन्ट लोड गर्नुस