सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको दीपायल सिलगढीमा कांग्रेसको ‘कमब्याक’, मेयरमा खड्का र उपमेयरमा महर विजयी

२०७९ जेठ ३, ०४:३८ खबर संवाददाता

डोटी: डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका बाजीसिँह खड्का (विजय) मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका हुन्।

खड्काले ५ हजार १३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरेका छन्। यस्तै उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरेकी छिने भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरेकी छिन्। 

दीपायल सिलगढीमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०५४ र २०७४ मा भएको स्थानीय तह निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो।

कमेन्ट लोड गर्नुस