बैतडीको पुर्चौंडीमा काँग्रेसको अग्रता कायमै
धनगढी: बैतडीको पुर्चौंडी नगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ। अहिलेसम्म प्राप्त मत परिणाम अनुसार काँग्रेसका दीपकबहादुर बमले ३८८६ मतका साथ अग्रता लिइरहेका छन्।
उनलाई नेकपा एमालेका कर्णबहादुर कुँवरले २ हजार ३७४ मतका साथ पछ्याइरहेका छन्। माओवादी केन्द्रका विक्रम कुँवर (प्रतीक)ले २३०४ मत ल्याए। उपमेयरमा पनि नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ। काँग्रेसकी मीना धानुकले ३४१८ मतका साथ अग्रता लिईरहेकी छिन् भने उनलाई एमालेकी जानकी साउँदले २७७३ मतले पछ्याईरहेका छन्।
नेकपा माओवादी केन्द्रकी नन्दा शाहले २३४८ मत ल्याएकी छिन्। पुर्चौंडीका ७ ओटा वडाको मत गणना सम्पन्न भएको छ भने तीन वडाको गणना गर्न बाँकी छ।