सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी डिलाशैनीको उपाध्यक्षमा काँग्रेसका बोहरा विजयी, अध्यक्षसहित ३ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित 

२०७९ जेठ ३, ०८:२४ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका भगीरथ बोहरा विजयी भएका छन्। उनले ३८७३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लिलावती जोशीले २७७९ मत पाइन्।

डिलाशैनीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् भने ७ वडामध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन्। एमाले र कांग्रेस दुई/दुई वडामा विजयी भएका छन्। 

वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामी, २ मा एमालेका नवराज घरडी, ३ मा एमालेका रघुवीर बोहरा, ४ मा स्वतन्त्रका हरिदत्त पन्त, ५ स्वतन्त्रका यज्ञराज भट्ट, ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन्। 


 

कमेन्ट लोड गर्नुस