कञ्चनपुरको बेलौरी-७ मा काँग्रेसका श्रेष्ठ प्यानलसहित निर्वाचित
२०७९ जेठ ३, ०६:१८
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठ प्यानलसहित निर्वाचित भएका छन्। उनी ९ सय ४२ मत ल्याउँदै विजयी भएका हुन्।
श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशराज भट्टले ५६७ र माओवादी केन्द्रका प्रेम चौधरीले २०७ मत प्राप्त गरे। श्रेष्ठ २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए।
कमेन्ट लोड गर्नुस