दशरथचन्द-४ को अध्यक्षमा ५ मतले जिते एमालेका भट्ट
२०७९ जेठ ३, ०५:३५
धनगढी: बैतडीको दशरथचन्द नगरपालिका-४ मा नेकपा एमालेका भानदेव भट्ट विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर चन्दलाई ५ मतान्तरले पराजित गर्दै भट्ट वडा अध्यक्षमा विजयी भएका हुन्।
भट्टले ७३२ मत र चन्दले ७२७ मत प्राप्त गरेका छन्। गएको स्थानीय तहको निर्वाचनमा चन्दले वडा अध्यक्षमा जित हात पारेका थिए।
कमेन्ट लोड गर्नुस