सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा रावत र उपाध्यक्षमा नाथ विजयी 

२०७९ जेठ २, ०९:३४ खबर संवाददाता

बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन्। 

एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन्। रावतले ३ हजार ७४७ मत पाएका छन् बुढाले ३ हजार ५५८ मत पाए।

यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गरेकी हुन्। नाथले ३ हजार ६४२ मत प्राप्त गरेकी छिन् भने ओलीले ३ हजार ५९४ मत प्राप्त गरिन्।


 

कमेन्ट लोड गर्नुस